काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।

बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छ । उक्त विवादको सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *