धनुषा-मिथिलाञ्चलका साँस्कृतिक उत्सव तथा धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आज देखि विधिवत सुरु भएको छ ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।
मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नु पर्दछ कि रामायण हाम्रो देशमा पनि घटित भएको हो ।
रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासंग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाँउ, चोक अनि चौतारीहरुमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसाथ गरिन्छ । जनक राजाको सिंगो राज्य अनि राजधानी मिथिलाको जनकपुर नेपालमै शोभायमान छ, जानकी मन्दिर नेपाली माटोबाट हरेक दिन मुस्कूराउँछ । भजन, कीर्तन अनि पावन कार्यहरुले आज पनि नेपाली भूमि हरेक पल लिन छ ।
त्रेतायूगबाट आजसम्म पनि उत्तिकै महत्व र लगनका साथ पुस्तौंपुस्ता चलिआएको छ । यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसंग सम्बन्ध राख्ने स्थान र अवयवहरु छुने गर्दछ । हुन त मिथिला नगरमा वर्षमा ३ वटा परिक्रमाहरु हुने गर्दछन् र यी परिक्रमाहरु कार्तिक, फाल्गुन र बैशाखका महिनामा हुने गर्दछन् । यी ३ परिक्रमा मध्ये फाल्गुनमा हुने परिक्रमाको महत्व असाध्यै छ ।
यस परिक्रममा १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।ए
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकि परिक्रमाको विधिवत रुपमा शुरुवात हुने परम्परा रहेको रत्नसागर मन्दिरका महन्थ बैकुन्ठ दास बैष्णवले बताउनुभयो ।
महाशिवरात्री लगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ।
धार्मिक झाँकी भजन कीर्तन सहित परिक्रमाको डोला आइतवार जनकपुरबाट शुरु भई सिमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव स्थान पुग्नेछ ।
परिक्रमामा सहभागिहरु क्रमश: फुलहरको गीर्जास्थान हुदै महोतरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कन्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुन: कलानेश्वर र फागुन पुर्णिमाको जनकपुर फर्कने छ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौ सहभागिता रहने यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैस्णवले बताउनुभयो ।
परिक्रमामा सहभागिहरुको लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागिहरुको सुविधाका लागि पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानी लगायतको व्यवस्था मिलाएको जानकरी परिषदका अध्यक्ष सितल साहले गराउनुभयो ।
परिरषदका अध्यक्ष साहका अनुसार परिक्रमावासीहरु राती गाउँ भन्दा टाढा खुला चौर,बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन। स्थानीय बासिन्दाहरुले पनि सहभागिहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागि गोरुका लागि पराल समेत उपलब्ध गराउने गर्दछन् । सहभागिहरु दिनभरी यात्रा गर्छन र भजनकिर्तन तथा सत्संग गरेर रात विताउछन् ।
मिथिलाका जानकार तथा मैथिलीका साहित्य समेत रहेका पूर्वपत्रकार रोशन जनकपुरको अनुसार नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको २ गरी १५ विश्रामस्थल छन्। मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ।
मिथिला महात्म्य अनुसार १८ औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइदै आएको हो। यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिका पैदलयात्र तय गर्ने परम्परा रहेको छ। परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ ।
परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको कुरा पण्डित इन्द्रकान्त झाले बताए ।
प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ।
गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागीता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस पर्वमा सहभागी हुने गरेको जानकारी परिक्रमामा डोलीका अगुवाई गर्ने नबल बाबाले जानकारी दिनुभयो।
मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेहरुले छोटो दुरीको अन्त:गृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ। अन्त:गृह परिक्रमाको सीमा क्षेत्र जनकपुर नगरपालिका भित्र पर्दछ।
मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुदै हिमालय क्षेत्र, कोशी नदी भएर पुन: हरिहर क्षेत्रमा समापन हुने वृहत् परिक्रमाको चर्चा गरिएको छ। भारतको पटना स्थित गंगा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ।
तर, यो परिक्रमा अचेल सधुसन्तको सीमित संख्याले मात्र गर्ने गरेको कुरा जानकीमन्दिर जनकपुरका महन्थ तपेश्वर दासले बताउनुभयो । वृहत् माध्यमिकी र अन्त:गृह परिक्रमा मंसिर, माघ, फागुन र वैशाख महिनामा गर्नसक्ने वैदिक मान्यता भएपनि ती परिक्रमा फागुन महिना मै हुने परम्परा रहेको महन्थ दासले बताउनुभयो ।
जानकी मन्दिरका महन्थ दासका अनुसार केही दशकयता माध्यमिकी परिक्रमाको क्षेत्र र अवधि विस्तारित भए पनि जनकपुर स्थित रत्नसागर स्थानका स्व.महन्त बाबा नारायण दासजीले करिब डेढसय वर्षपूर्व समयदेखि दुईसय सम्म साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मयको निर्देशअनुसार प्रारम्भ गर्नुभएको बताइन्छ। त्यसलाई करिब पचास वर्षपछि स्थानीय सीताकुण्डका महन्त परमहंस सियालाल शरणले पाँचसय साधु सहित वाजागाजा सहित परिक्रमा गरेका थिए।
पाँचसयको सानो संख्यालाई बढाएर २० हजार पुर्याई परिक्रमाको महत्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्त परमंहसको उल्लेखनीय योगदान रहेको जानकी मन्दिरका महन्थ मिथिलाका जानकार तथा मैथिलीका साहित्य समेत रहेका पूर्वपत्रकार रोशन जनकपुरको अनुसार नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको २ गरी १५ विश्रामस्थल छन्। मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ।