
काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ ।
कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिँदै छ ।

विमानस्थलबाट श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने छ ।
नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज( विहिवार) बिहान उपचारकै क्रममा निधन भएको छ ।
उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि भारत तर्फ लैजान लागिएको हो ।
