जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तला बन्दि गरेका  छन् ।

प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र  यादवको कार्यकक्षमा आइतबार वडा नम्बर १ का वडाध्यक्ष दिलीप यादव, वडा नम्बर-५ का वडाध्यक्ष दुखरण यादव, वडा नम्बर-६ का वडाध्यक्ष महावीर साह र वडा नम्बर-७ का वडाध्यक्ष गंगा साह लगाय असन्तुष्ट युवाहरूले तालाबन्दी गरेका छन् ।

वडा नम्बर १ का वडाध्यक्ष दिलीप यादवले दिउँसो २ बजेसम्म पनि प्रमुख प्रशासकीय अधिकृत यादव र फाँटका कर्मचारीहरू कार्यालयमा उपस्थित नभएकोले गाउँपालिकाका जनताहरू काम नै नगराई खाली हात घर फर्किन बाध्य हुँदा आफूहरूले तालाबन्दी गरेको बताएका छन् ।

जनमत पार्टी  लक्ष्मीनियाँ गाउँपालिका कार्य कारी अध्यक्ष शिव कुमार यादवले  करारका कर्मचारी हटाएर खुला प्रतिस्पर्धामार्फत दक्ष जनशक्ति भर्ना गरी नमूना गाउँपालिका बनाउने अभिप्रायले कार्यपालिका बैठकले निणर्य गरेको भए पनि अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत यादव मिलेर करारका कर्मचारी नहटाइ खुला प्रतिस्पर्धा नै नगरी आर्थिक चलखेल गरी आफ्नो नातागोता र खल्तीका मान्छेलाई नियुक्त गरेको आरोपसमेत लगाएका छन् । अध्यक्ष यादवले सुधार नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।

वडाध्यक्ष यादवले रोजगार सहायक, एमआइएस अपरेटरलगायतका पदका लागि दरखास्त आह्वान गरिए पनि नतिजा प्रकाशन गर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले आर्थिक चलखेल गरी नातावाद कृपावाद गरेको आरोप लगाएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *