जसपाबाट उपेन्द्र यादव र नवलकिशोर साह सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् । जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने […]
नवनियुक्त १६ मन्त्रीले लिए शपथ

नवनियुक्त १६ जना मन्त्रीहरुको बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि सोमबार ३ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका […]
माधव नेपालको घरमा पुगे प्रचण्ड र ओली

काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा […]
कांग्रेसले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित […]
जनकपुरमा स्कुल बसको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुग्यो

जनकपुरमा स्कुल बसको ठक्करबाट घाइते थप एकजनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या २ पुगेको छ ।आइतबार बिहान १० बजेतिर जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एञ्जल्स स्कुलको बसले बिहेको मटकोर विधिको लागि माटो ल्याउन जाँदै गरेका महिलाहरुको समूहलाई ठक्कर दिएको थियो । ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ३ की ३५ वर्षीया राखदी […]
शिक्षा र स्वास्थ्य मधेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री यादव

जनकपुरधाम। मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको समृद्धिका लागी शिक्षा र स्वास्थ्य क्षेत्रलाई मधेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ ।नेपाल चिकित्सक संघ जनकपुरशाखाको तत्वाधानमा नेपाल चिकित्सक दिवसको अवसर पारेर आज बाट जनकपुरमा शुरु भएको मधेश स्वास्थ्य शिखर सम्मेलन २०२४को समुदघाटन सत्रमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागी प्रदेश सरकार प्राथमिकताका साथ काम गरि रहेको […]
जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ६ घाइते

जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२-०२-००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले […]
प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी गराए ।दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा […]
राजेन्द्र महतो माइतीघर खुला गर्न माग गर्दै सडकमा आए

काठमाडौं । काठमाडौंमा माइतीघर खुला गर्न माग गर्दै प्रदर्शन भएको छ । बुधबार राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।
जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोतरी बाट उद्धार,महिला पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित […]
