काठमाडौं । काठमाडौंमा माइतीघर खुला गर्न माग गर्दै प्रदर्शन भएको छ । बुधबार राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।

प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *