जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२-०२-००१०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।घाइतेहरुमा स्थानीय पशुपति देवी यादव, अम्बिका झा, भुवनेश्वरी झा, ममता देवी, बलकिया देवी र बालक सोनु कुमार साह छन् ।

घाईतेको उपचार  प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । मटकोर बिधि गर्न  पोखरीबाट महिलाहरु माटो ल्याउन    गइरहेको बेला तिव्रगतिमा रहेको  बसले ठक्कर दिएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *