काठमाडौं:प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाललाई एमाले अध्यक्ष ओली सँगै कोटेश्वर आउने जानकारी गराएका थिए । त्यसको केहीबेरमा प्रचण्ड र ओलीले माधव नेपाल निवासमा पुगेका हुन् । प्रचण्ड र ओलीसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि माधव नेपालको निवासमा पुगेका छन् ।
तर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन ।

प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् ।
नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार नै अध्यक्ष नेपालको निवास, कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई समेत लिएर पुगे ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाउनु पर्नाका कारणबारे बताएका थिए । उनी र ओलीले अब सँगै जाउँ भनेर प्रस्ताव गरेका भूसालले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने नयाँ गठबन्धन गर्दा किन चार दल मात्र सहभागी भएको भन्ने प्रश्न गरेका थिए ।
‘प्रधानमन्त्रीले आफ्ना बाध्यताहरु बताउनुभयो’, महासचिव भूसालले भने, ‘सँगै जाऔं भन्ने प्रस्तावमा हामी सकारात्मक छौं । भोलि बैठक बसेर कसरी अगाडि जो भने छलफल गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *