सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

असोज ३१ काठमाडौँ | सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।   शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार […]

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले ओढाए राष्ट्रिय झण्डा

३० असोज, काठमाडौं । आइतबार किस्ट अस्पतालमा निधन भएका भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाईश्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेका छन् । जोशीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा ल्याइएको थियो । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।१०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट […]

सप्तरी २ मा प्रतिनिधिसभा सदस्यका लागि उपेन्द्र यादव र डा. सिके राउतको उम्मेदवारी

सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको उम्मेदवारी परेको छ । यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी २ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् । यादव २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राउतको यो […]

जसपालाई बैशाखीको आवश्यकता छैन : उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लडन पार्टीलाई कुनै बैशाखीको आवश्यकता नरहेको बताउनु भएको छ ।जसपा धनुषाले बिहीबार शहीद नगरमा आयोजना गरेको पार्टीै प्रवेश कार्यक्रममा अध्यक्ष यादवले विना कुनै वैशाखी सबै क्षेत्रमा चुनाव लडन जसपा सक्षम रहेको उल्लेख गर्नु भयो ।संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बेला जसपाकै पहलमा पाँच […]

जनकपुरधाममा ओलीले चढे रेल

८ असोज, जनकपुरधाम । विभिन्न कारिक्रममा सहभागी हुने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर- जयनगर रेल चढेका छन् ।शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको  विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।उनलाई पर्खिँदा जनकपुर- जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल […]

राष्ट्रपतिविरुद्धका पाँच फरक रिटहरु शर्माको इजलासमा

७ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा. मनोज शर्माको इजलासमा परेका छन् । संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन् र परमादेशको माग गर्दै उनीविरुद्ध पाँच […]

सिट बाँडफाँटमा सहमति खोज्न आज पनि  सत्तारुढ दलहरुको बैठक बस्दै

६ असोज, काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न आज (बिहीबार )पनि  सत्तारुढ दलहरुको बैठक बसेको छ । सत्तारुढ दलका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बोलाइएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । यश अधि बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।

सत्तारुढ दल निकट विद्यार्थी संगठनले गरे राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन

६ असोज, काठमाडौं । संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म  प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् ।

राष्ट्रियपतिले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनको निस्कर्ष

काठमाण्डु, ५ असोज– सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रियपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको निस्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको गठबन्धन बैठकले संघीय संसदका दुवै सदनले दोश्रोपटक पारित गरेको पठाएको विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधानको मुल मर्म र भावनामा प्रहार गरेको तथा जननिर्वाचित प्रतिनिधिमूलक संस्था संसदको अपमान गरेको निस्कर्ष निकालेको […]

स्वतन्त्र मज़दूर ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष खगेन्द्र प्याकुरेलको जनमत पार्टीमा प्रवेश

स्वतन्त्र मज़दूर ट्रेड यूनियन महासंघका राष्ट्रिय अध्यक्ष खगेन्द्र प्याकुरेल जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्याकुरेललाई जनमत पार्टीमा प्रवेश गरेकोमा बधाई दिनुभयो।