८ असोज, जनकपुरधाम । विभिन्न कारिक्रममा सहभागी हुने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जनकपुर- जयनगर रेल चढेका छन् ।
शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको  विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।
उनलाई पर्खिँदा जनकपुर- जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् ।

काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।
नेकपा एमाले धनुषा कमिटीले विदेह नगरपालिका तिनकौरिया बजारस्थित आयोजना गरेको जनसभामा सहभागी हुने ओली रेल चढेर गएका हुन् ।

जनसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ । त्यहाँ लोसपाका केन्द्रीय सदस्य उमाशंकर अरगरियासहितका नेता एमाले प्रवेश गर्ने तयारी छ ।
यश अधि ओली भदौ २७ गते पनि जनकपुरधाम आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *