नेपाल कांग्रेसका प्रवक्ता शर्माले निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको गराए ध्यानाकर्षण

जानकी खबर ।१० साउन , काठमाडौं । नेपाल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्त प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । आइतबार साउन १० गते कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको छ तर लामो अनुसन्धानपछि पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । प्रवक्ता शर्माले निर्मला […]
लक्ष्मीनियाँ गाउँपालिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न

जानकी खबर ।१० साउन ,लक्ष्मीनियाँ ।धनुषाको लक्ष्मीनियाँ गाउँपलिकामा जनमत पार्टीको पार्टी प्रवेश कारिक्रम सम्पन्न भएको छ । आइतबार लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ मा जनमतका प्रतिनिधि ईशराफुल राईनले वडा ७ को विभिन्न टोलका ३ सय ५० जनाले पार्टीमा प्रवेश गरेको जानकारी दिनु भएको छ । जनमत पार्टी लक्ष्मीनियाँ गाउँपलिकाका वडा ७ कुम्हरौडाले आयोजनागरेको करिक्र्ममा जनमत पार्टी […]
प्रधानमन्त्री देउवाले स्वास्थ्य र परराष्ट्रमन्त्री नियुक्त गर्दै

जनकी खबर ।१० साउन , काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपपिरषद् विस्तारको तयारी थालेका छन्। देश कोरोना महामारीसँग जुधिरहेको समयमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी आलोचना भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन्। सत्तासाझेदारसँग छलफल गरी एकै पटक पूर्णता दिने उद्देश्यले हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताउँदै अबको केही दिनमै सरकारले पूर्णता पाउने कांग्रेसका एक […]
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जानकी खबर । ९ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको छ । बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताए

जानकी खबर ।९ साउन, काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन् । संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने […]
देउवा नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने -निधी

जानकी खबर ।८ साउन,महोत्तरीनेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधीले शेरबहादुर देउवा नेतृत्वको सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा काँग्रेस जिल्ला पार्टी कार्यालयको उद्घाटन र महेश्वर प्रसाद सिंहको शालिक अनावरणगर्दै उपसभापति निधीले भने, ‘अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन । बरु चुनाव हुन्छ ।’ उनले विश्वासको मत लिएको २ वर्षसम्म अविश्वासको […]
कार्यकारिणी समितिको सनाखतबाट जसपा विवाद टुंग्याउने -निर्वाचन आयोग

जानकी खबर ।७ साउन, काठमाडौं ।निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ । बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ । जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ […]
जसपाको विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दै

जानकी खबर । ७ साउन, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने […]
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने

जानकी खबर । ७ साउन, जनकपुरधाम । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ । यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो । सर्वोच्चको फैसला संविधान […]
जसपाको उपेन्द्र पक्षले गरे दलको विधान पारित

जानकी खबर । ५ साउन, काठमाडौं ।जसपाको उपेन्द्र पक्षले संसदीय दलको विधान पारित गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको को संसदीय दलको बैठकले विधान पारित गरेको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई सहित दुई दर्जन सांसदहरूको उपस्थिति थियो । संसदीय दलको अर्को बैठकले संसदीय दलको […]
