जनकी खबर ।१० साउन , काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपपिरषद् विस्तारको तयारी थालेका छन्। देश कोरोना महामारीसँग जुधिरहेको समयमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी आलोचना भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन्।  

सत्तासाझेदारसँग छलफल गरी एकै पटक पूर्णता दिने उद्देश्यले हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताउँदै अबको केही दिनमै सरकारले पूर्णता पाउने कांग्रेसका एक नेताले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *