जानकी खबर । ५ साउन, काठमाडौं ।
जसपाको उपेन्द्र पक्षले संसदीय दलको विधान पारित गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको को संसदीय दलको बैठकले विधान पारित गरेको हो । बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई सहित दुई दर्जन सांसदहरूको उपस्थिति थियो । संसदीय दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याउनेछ । यसअघि महन्थ ठाकुर पक्षले बहुमत दाबी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । पछिल्लो समयमा ६ जना सांसदले ठाकुरको साथ छाडेपछि अहिले यादव पक्ष बहुमतमा छ ।

















