जानकी खबर ।९ साउन, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भैरहेको बताएका छन् । संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे तर कहीँ कतैबाट टुटाउने प्रयास भैरहेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’

संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *