त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गते देखि हुने

जनकी खबर । असार ११ गते । जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गते देखि हुने भएको छ । स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ । भौतिक उपस्थितिमा ​तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा साउन १० […]

कानुन व्यवसायीहरूले प्रधानमन्त्री ओलीमाथि ‘संवैधानिक नैतिकता’ को प्रश्न अघि सारेका हुन् । 

जनकी खबर । असार ११ गते । जनकपुरधाम । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइको दोस्रो दिन कानुन व्यवसायीहरूले प्रधानमन्त्री ओलीमाथि ‘संवैधानिक नैतिकता’ को प्रश्न अघि सारेका हुन् ।  प्रतिनिधिसभाबाट दुई पटक विश्वासको मत पाउन असफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सोही पदमा दाबी गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा अदालतमा प्रश्न खडा भएको छ । प्रधानमन्त्री ओली […]

जनकपुरधाम उप–महानगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ का लागि १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट ल्याए

जनकी खबर ।१० असार, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ का लागि १ अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।  बिहिबार नगर सभाको दोस्रो दिन  उप-महानगरपालिकाको सातौं नगर सभामा  उपप्रमुख रीताकुमारी मिश्रले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ९८ करोड २० लाख ६० हजार र पुँजीगततर्फ ४९ करोड ५० लाख २३ […]

प्रदेश- २ को मन्त्रिपरिषद समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरधाममा रिट

जनकी खबर ।असार १० गते ।जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले जेठ २६ गते विस्तार गरेको मन्त्रिपरिषद असमावेशी भएको भनी बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरधाममा रिट परेको छ । अधिवक्ता राजकुमार महासेठले रिट दिएका हुन् ।  उनले जेठ २६ गते नियुक्त भएका ३ जना मन्त्रीलाई कामकाज गर्न रोक लगाउन पनि अन्तरिम आदेश माग गरेका […]

रौतहटको मौलापुर नगरसभाको विषयलाई लिएर दुई पक्षबीच झडप ,२ प्रहरीसहित ४ जना घाइते

जनकी खबर । असार १० गते ।रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको हो । बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा […]

विहीवारदेखि थप गन्तव्यमा अन्तर्राष्ट्रिय हवाइ उडान शुरु

जानकी खबर ।१० असार, जनकपुरधाम । सरकारले विहीवारदेखि थप गन्तव्यमा अन्तर्राष्ट्रिय हवाइ उडान शुरु गर्ने भएको छ । गन्तव्य र तोकिएको रुटमा विहीवारबाटै अन्तर्राष्ट्रिय हवाइ उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार विहीवार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ । नेपाल […]

धनुषाको मिथिला बिहारी नगरपालिकाको छैठौ नगरसभाको उद्घाटन सत्र सम्पन्न

जानकी खबर ।१० असार, जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिकाको छैठौ नगरसभाको उद्घाटन सत्र सम्पन्न भएको छ । बुधबार नगरप्रमुख अनिल यादवले नगरसभाको उद्घाटन गर्दै आर्थिक वर्ष २०७८÷०७९ को लागि जनमुखि बजेट ल्याउने तयारी रहेको बताए । कोरोना महामारीले विश्व नै अक्रान्त भएको बेला मिथिला नगरपालिका प्रभावित हुनु स्वभाविक रहेको बताउँदै उनले नगरबासीको स्वास्थ्यको सुरक्षाको मध्यनजर […]

पर्साको छिपहरमाइ गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ४० करोड ५२ लाखको बजेट

जानकी खबर ।१० असार, जनकपुरधाम । पर्साको छिपहरमाइ गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ४० करोड ५२ लाखको बजेट ल्याएको छ । अधिकृत देवनाथ साहले उक्त बजेट प्रस्तुत गरेका छन् । गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले १२ औ गाउँ सभाको उदघाटन गरेका थिए । गाउँ सभाबाट ०७८÷०७९ को बजेटमा छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले नयाँ योजनाहरु ल्याएको […]

सर्वोच्च अदालतले मंगलबार दिउँसो दिएको आदेशले नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न

जानकी खबर ।१० असार, काठमाडौं । सर्वोच्च अदालतले मंगलबार दिउँसो दिएको आदेशले नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयलाई सर्वोच्चले अवैधानिक ठहर गर्‍यो। सर्वोच्चको त्यो फैसलाले प्रधानमन्त्रीको कदमलाई उल्ट्याएकाले त्यसबाट सबैभन्दा बढी अप्ठेरो प्रधानमन्त्री ओलीलाई नै परेको छ। तर, सबैभन्दा नैतिक संकटमा पदमुक्त भएका […]

उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ ।

जनकी खबर ।असार ९ गते ।काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ । उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले […]