जानकी खबर ।
१० असार, जनकपुरधाम ।

पर्साको छिपहरमाइ गाउँपालिकाले आउँदो आर्थिक वर्षको लागि ४० करोड ५२ लाखको बजेट ल्याएको छ ।

अधिकृत देवनाथ साहले उक्त बजेट प्रस्तुत गरेका छन् । गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले १२ औ गाउँ सभाको उदघाटन गरेका थिए । गाउँ सभाबाट ०७८÷०७९ को बजेटमा छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले नयाँ योजनाहरु ल्याएको बताए । गरि ब,दलित , अतिबिपन परिवारका छोरीहरुको बिहेमा कन्यादान राशी दिने घोषणा गरे । गरिब , दलित ,र बिपन परिवारका छोरीहरुको बिबाहमा कन्यादान अनुदान योजना राशी दिने अध्यक्ष गुप्ताले जनाए । गरि ब,दलित बिपन परिवारका छोरीको बिहेमा कन्यादान राशी बाट सो परिवार लाई ठूलो सहयोग पुग्ने गापा अध्यक्ष गुप्ताले विश्वास व्यक्त गरे । छिपहरमाई गाउँपालिकामा जन्म लिने बालिकाहरुलाई दुई लाखको बालिका स्वर्ण बिमा कार्यक्रम संचालनमा रहेकोले बिमा कार्यक्रमलाई निरन्तरता दिने भएका छन् । जन्मेको ३५ दिन भित्र जन्मदर्ता बनाई गाउँपालिकामा पेस गरेपछी गाउँपालिकाले सो बालिकाको नाउँमा एकमुष्ठ २० हजार रुपैयाँ खातामा जम्मा गर्ने बताए । अहिले को बजेट मा बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्यको साथै छोरीको बिबाहमा कन्यादान राशी , बालिका स्वर्ण बिमा कार्यक्रम , साना किसानको घर परिवारमा ,धुवामुक्त ग्यास चुलो , ग्यास सलेन्डर बितरण गरिने योजना रहेको गापा अध्यक्ष गुप्ताले बताए ।

गाउँपालिकामा रहेको जेस्टनागरिक,एकल महिलालाई सम्मान कार्यक्रम गरिने,गाउँपालिकामा रहेको बिधार्थीलाई निशुल्क कोचिङ को ब्यवस्थापन मिलाउने ।साथै सिफारिस शुल्क नलिने गापा अध्यक्ष गुप्ताले जनाए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह, ज्ञानबहादुर साह,वार्डअधयक्ष राजबली यादव, महेन्द्र साह कलवार,बिनोद साह, बालक गद्दी, मौजिलाल साह, लगायत कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *