जनकी खबर । असार १० गते ।रौतहट ।

रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ।

मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको हो ।

बिहीबार नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन सेल अश्रुग्यास समेत प्रहार गरेको छ । झडपका क्रममा दुई प्रहरीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ।

मौलापुर नगरपालिकाको नगरसभामा कडा सुरक्षा अपनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *