जनकी खबर । असार ११ गते । जनकपुरधाम ।
त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गते देखि हुने भएको छ ।
स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० गते देखि सुरु हुने भएको छ । भौतिक उपस्थितिमा तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने त्रिविले सूचना प्रकाशन गरी जानकारी गराएको हो ।
चार वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने त्रिविले जनाएको छ ।
तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ। परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ।





