स्कूलको नानीबाबूहरूसँग पोलेको मकै खादै अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी ओली शुक्रबार पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेटदै नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । अध्यक्ष ओलीले सामाजिक संजालमा ” एकदम मज्जा लाग्यो।” र राम्रो अनुभव भएको उल्लेख गरेका छन् ।
तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम
तेस्रो राष्ट्रपति चुन्न आज मतदान, बेलुका ७ बजेभित्रै परिणाम,सोमबार शपथ

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा […]
पौडेल लाई रोज्ने कि नेम्वाङ रास्वपाको निर्णय आज

काठमाडौं । राष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज निर्णय गर्दैछ । त्यसका लागि रास्वपाले आज पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनमा कसलाई भोट हाल्ने भनेर आज बिहान बस्ने बैठकले निर्णय गर्ने रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले बताए । प्रतिनिधि सभामा रास्वपाका १९ जना सांसद रहेका छन् । […]
रविको नेतृत्वमा आउने चुनावमा रास्वपा प्रधानमन्त्री हुने हैसियतले काम गर्न लागि परेका छन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै

काठमाडौं । जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट निकालिएको छ । कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिँदै छ । विमानस्थलबाट श्री एयरलाइन्सको विमानमार्फत उनलाई उपचारका लागि मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा […]
नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे रवि ।

काठमाडौं । निवर्तमान गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । आइतबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिने प्रक्रिया थालेका हुन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पुरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार […]
गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो।

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारेको सुनुवाइ सकिएकोछ । आज गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो । बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छ । उक्त विवादको सुनुवाइका लागि […]
प्रधानमन्त्री प्रचण्डले गरे मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’ अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक […]
राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए। रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल बनेको हो ।
