धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बीच झडप

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी […]

महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले

जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका- ६ मा भीषण आगलागी भएको छ ।मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

धनुषा —मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा भरतप्रसाद साह बिनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । शारदा थापालाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको […]

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व बुधबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौ शल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट […]

जनकपुरधाममा चेैते छठ मनाउँदै

जनकपुरधाम । मिथिलासहित तराई मधेशका जिल्लामा श्रद्धा–भक्तिपूर्वक चैते छठको मुख्य दिन आइतबार सन्ध्याकालीन अर्घ दिनका लागि व्रतीहरू जनकपुरधामका विभिन्न छठ घाटहरूमा भेला भएका छन् । चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन नहाखाय गरेर शुरु भएको चैते छठ अन्तर्गत आइतबार षष्ठी तिथिको अवसर पारेर अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिन लागेको छ । यसै गरि भोली सोमवार उदाउँदो […]

बैशाख १ गते मात्रै फुल्ने सिरहाको सल्हेश फूल र यसकाे महत्व

वर्षमा एक दिन प्रत्येक बैशाख १ मा मात्रै फुल्ने सल्हेशकाे फूलबारी पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका-१२ भोटियाटोल चौकदेखि करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । १० विघा क्षेत्रफलमा फैलिएको याे बगैचामा अनेकौं थरिका बोट विरुवा पाइन्छन ।तीमध्ये हारमको दुई वटा रुख पनि छ। फूलबारीमा रहेको हारम प्रजातिको बोटमा हरेक वर्ष वैशाख १ मा फूल्ने यो फूल […]

जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न

जनकपुरधाम/चैत २४ गते। जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न भएको छ। न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधाम स्थित माछा पालनको कम्पाउन्डमा सम्पन्न भएको हो । १ किलोमिटरको व्हिल चेयर म्याराथनमा मधेस प्रदेश भरी बाट १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएको आयोजकले जनाएको छ। व्हिल चेयर […]

जनकपुरधाममा व्हिल चेयर म्याराथन चैत २४ गते हुने

चैत २२ गते । जनकपुरधाममा व्हिल चेयर म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त  आयोजनामा चैत २४ शनिबार  व्हिल चेयर म्याराथन हुन लागेको जानकारी आयोजकले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएका छन । व्हिल चेयर म्याराथन जनकपुरधाम स्थित माछा पालन फार्मको कम्पाउन्डमा शनिबार १ बजे आयोजना हुनेछ […]