
चैत २२ गते । जनकपुरधाममा व्हिल चेयर म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा चैत २४ शनिबार व्हिल चेयर म्याराथन हुन लागेको जानकारी आयोजकले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएका छन ।
व्हिल चेयर म्याराथन जनकपुरधाम स्थित माछा पालन फार्मको कम्पाउन्डमा शनिबार १ बजे आयोजना हुनेछ र उक्त व्हिल चेयर म्याराथन १ किलोमिटरको हुने न्यु भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले बताए।
व्हिल चेयर म्याराथनमा मधेस प्रदेशमा बसोबास गरि रहेका व्हिल चेयर प्रयोगकर्ताहरुलाई सहभागी गराइने स्पाइनल इन्जरी संघ मधेस प्रदेशको सल्लाहकार सुशील कुमार साहले बताए। व्हिल चेयर प्रयोगकर्ताहरुलाई हौसला मिलोस उनीहरु पनि जीवन केही गर्न सक्छ्न भन्ने प्रेरणा मिलोस र सकारात्मक सोचको विकाश होस भन्ने उद्देश्यका साथ म्याराथन आयोजना हुन लागेको वहाँले बताए ।
उक्त म्याराथनका प्रथम,द्वितीय र तृतीय हुनेलाई मेडल,प्रमाणपत्र र पुरस्कारको पनि व्यवस्था रहेको न्यु भिजन नेपालका वरिष्ठ उपाध्यक्ष रन्जित पजियारले जानकारी दिएका छन । व्हिल चेयर म्याराथनमा व्हिल चेयर प्रयोगकर्ता जो सुकैले पनि भाग लिन सकिने आयोजकले प्रष्ट पारेका छ्न।
