जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।
एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

१० दिनअघि दुई युवती अपहरणमा गरे पनि प्रहरीले खोजी नगरेको आरोप स्थानीयको छ ।
स्थानीयले प्रहरीले युवतीहरूको खोजी नगरेको भन्दै बिहीबार बिहानैदेखि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । प्रहरीले भने युवतीहरूको खोजी भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *