प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको औपचारिक मिति घोषणा गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु […]

लोसपा नेपाल मधेस सरकारमा सहभागी:रमेशप्रसाद कुर्मीले लिए पद तथा गोपनियताको शपथ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा सहभागी भएको छ । लोसपा नेपालबाट सरकारमा सहभागी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशैकर मिश्रले शपथ ग्रहण गराएका छन् ।कुर्मीलाई मुख्यमन्त्री यादवले आफैंसँग राखेको वन तथा वातावरण […]

ज्ञानेन्द्र शाही: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिनको गरे माग

१० जेठ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन्। ‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा […]

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नै निरन्तरता दिने सहमति

५ जेठ, जनकपुरधाम । मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व परिर्वतन नहुने भएको छ । शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो । सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए । नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने […]

मधेसको मुख्यमन्त्री छाड्न जसपालाई दबाव

काठमाडौं । सत्तारुढ दलहरुले मधेस प्रदेश सरकारको नेतृत्व छाड्न जनता समाजवादी पार्टी (जसपा)लाई दबाव दिएका छन् । यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन । मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्तारुढ ५ दलका नेताहरुका अनुसार १० वैशाखको उपचुनावअघि नेतृत्व परिर्वतनबारे सहमति भएको थियो । ‘आज प्रधानमन्त्रीले स्पष्ट रुपमा […]

टोपबहादुर रायमाझी काठमाडौँबाटै पक्राउ

काठमाडौँ-  नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आज (आइतबार) साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, ‘हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।’ उनीविरुद्ध जिल्ला अदालत […]

भुटानी शरणार्थी प्रकरणबारे सत्य कुरा संसदमा भन्छु:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते संसदमा बोल्ने बताएका छन् । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताए । केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले त्यसका सत्य कुराहरु जेठ चार गतेको संसद बैठकमा बोल्ने उनले बताए । २०-२२ दिनसम्म बयान […]

महिला हिंसा गर्नेहरुलाई कडाभन्दा कडा कारबाही : गृहमन्त्री श्रेष्ठ

२४ वैशाख, काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसामा संलग्न पीडकलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । आइतबार गृह मन्त्रालयले आयोजना गरेको संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रश्ताव नं. १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री श्रेष्ठले महिला हिंसा गर्ने पीडकलाई कारबाही गरिने बताएका […]

प्रचण्ड रओली बीच आज पनि भेटवार्ता हुँदै

काठमाण्डु, २२ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता हुने भएको छ । शुक्रबार दिउँसो ३ बजे भेटवार्ताका लागि सयम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘दिउँसो ३ बजे सिंहदरवारमा भेटवार्ता गर्नेगरी समय तय भएको छ […]

कांग्रेसका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

आज अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए। नेपाली कांग्रेसबाट मन्त्री भएका उनीहरूलाई आज शपथ गराइएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ […]