लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा सहभागी भएको छ ।

लोसपा नेपालबाट सरकारमा सहभागी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशैकर मिश्रले शपथ ग्रहण गराएका छन् ।
कुर्मीलाई मुख्यमन्त्री यादवले आफैंसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री यादवले मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास र वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।

बिहीबार एक मन्त्री थपिएसँगै मन्त्रिपरिषद् तीन राज्यमन्त्रीसहित १४ सदस्यीय भएको छ ।

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीकी मन्त्री सुरिता साह र राज्यमन्त्री शेष अब्दुल कलामले जिम्मेवारी पाएका छैनन् । जनमत पार्टीका बसन्त कुशवाह र राज्यमन्त्री सञ्जय यादवको कृषि मन्त्रालय पनि खोसिएको छ ।

जसपा नेतृत्वको मधेस सरकारसंग केही दिन यता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेस सरकारमा सहभागी भएको छ ।

मधेश प्रदेशको सरकारमा मुख्यमन्त्री कार्यालय बाहेक १० मन्त्रालय छन्, जसमध्ये दुई वटा नेतृत्वविहीन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *