बिहीबार कांग्रेसकका नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन्।

आज अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्।

धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए। नेपाली कांग्रेसबाट मन्त्री भएका उनीहरूलाई आज शपथ गराइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *