१० जेठ, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन्।

‘नेपाल प्रहरीका आइजिपीको विरुरुद्धमा पनि पत्रपत्रिकामा आएको छ । एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्न कि नगर्ने ?’ सांसद शाहीले प्रश्न गरे ।

यही बेला पमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटिरहेको उल्लेख गर्दै त्यसो गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा कमजोर हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *