
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे आगामी जेठ चार गते संसदमा बोल्ने बताएका छन् । यसका पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताए ।
केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले त्यसका सत्य कुराहरु जेठ चार गतेको संसद बैठकमा बोल्ने उनले बताए ।
२०-२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरे ।
