केपी शर्मा ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिए ।

जानकी खबर । ३१ वैशाख २०७८ काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै प्रधानमन्त्रीले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्  । ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि […]

ओली र नेपालबीच भेटवार्ता सुरु भएको छ ।

वैशाख ३०,२०७८,जानकी खबर । काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ । बिहीबार बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बैठकबाटै ओलीले नेपाललाई फोन गरेका थिए । नेपाल पक्षका सांसदले संसदबाट राजीनामा दिन परामर्श गरिरहेका बेला ओली-नेपाल […]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल संग भेटवार्ताको प्रस्ताव राखनुभयो ।

जानकी खबर ।                                                          ३० वैशाख,२०७८ काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीचको टेलिफोन सम्वादमा अध्यक्ष ओलीले नेपाललाई  भेटवार्ताको प्रस्ताव राखेका हुन् । ओलीले कुराकानी गरेर अगाडि बढ्ने प्रस्ताव राखेको नेता सुवास  नेम्वाङले बताए । आजै बालुवाटारमा बसेको बैठकले नेता नेपाल , भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही […]

जसपा. नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएको छ ।

जानकी खवर ।२०७८ बैशाख२६ काठमाडौ- आइतवार बिहान बालुवाटार पुगेका पार्टीका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत नदिने स्पष्ट पारेको हुन् । ठाकुरसँग नजिक राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार […]

प्रधानमन्त्री अोलीले ‘विश्वासको मत’ लिने मिति वैशाख २७ गते नजिकिँदै गर्दा नेपालमा राजनीतिक गतिविधिले तीव्रता पाएको छ ।

जानकी खबर वैशाख २५ ,२०७८ काठमाडौं – केपी शर्मा ओलीले ‘विश्वासको मत’ लिने मिति वैशाख २७ गते नजिकिँदै गर्दा प्रधानमन्त्री ओली तथा विपक्षी नेताहरूले राजनीतिक गतिविधि तीव्र पारेका छन्। प्रधानमन्त्री ओलीले शनिबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् भने नेपाली कांग्रेसले संसदीय दलको बैठक राख्दैछ। मन्त्रिपषिदको नियमति बैठक सोमबार र बिहीबार बस्ने गरेको भए पनि प्रधानमन्त्री ओलीले आजै […]

राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

जानकी खबर । २३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास गएका छन् । एमाले स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका हुन् । स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने गरी र बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने गरी अघि […]

एमाले सांसद डाँगीले दिए राजीनामा

जानकी खबर । नेकपा एमालेको दाङ निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले उहाले राजीनामा दिएको पुष्टि गरे । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा […]