Janaki Khabar

वैशाख ३०,२०७८,जानकी खबर । काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ । बिहीबार बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बैठकबाटै ओलीले नेपाललाई फोन गरेका थिए । 
नेपाल पक्षका सांसदले संसदबाट राजीनामा दिन परामर्श गरिरहेका बेला ओली-नेपाल वार्ता भएको हो ।

ओलीले विश्वासको मत लिने प्रस्ताव गर्दा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए ।