जानकी खवर ।२०७८ बैशाख२६ काठमाडौ- आइतवार बिहान बालुवाटार पुगेका पार्टीका अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई भेटेर विश्वासको मत नदिने स्पष्ट पारेको हुन् । ठाकुरसँग नजिक राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार संसदको विशेष अधिवेशन बोलाइएका छन् । सोही अधिवेशनमा विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी छ ।

