विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।आफ्नो निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा मङ्गलबार नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले विपिन जोशी रिहाइको विषय उठाएका […]
कतारका राजाको सम्मानमा रात्रिभोज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् ।होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ ।रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति छ ।राष्ट्रपति […]
शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।अपराह्न भएको दुई राष्ट्रप्रमुखबीचको भेटमा नेपाल र कतारबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा पनि विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी […]
कतारका राजा अमिर शेख नेपालमा

११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । परराष्ट्र […]
जनकपुरधाममा चेैते छठ मनाउँदै

जनकपुरधाम । मिथिलासहित तराई मधेशका जिल्लामा श्रद्धा–भक्तिपूर्वक चैते छठको मुख्य दिन आइतबार सन्ध्याकालीन अर्घ दिनका लागि व्रतीहरू जनकपुरधामका विभिन्न छठ घाटहरूमा भेला भएका छन् । चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन नहाखाय गरेर शुरु भएको चैते छठ अन्तर्गत आइतबार षष्ठी तिथिको अवसर पारेर अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिन लागेको छ । यसै गरि भोली सोमवार उदाउँदो […]
जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न

जनकपुरधाम/चैत २४ गते। जनकपुरधाममा व्हिल चेयर म्याराथन सम्पन्न भएको छ। न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा मधेस प्रदेशमै पहिलो पटक जनकपुरधाम स्थित माछा पालनको कम्पाउन्डमा सम्पन्न भएको हो । १ किलोमिटरको व्हिल चेयर म्याराथनमा मधेस प्रदेश भरी बाट १५ जना व्हिल चेयर प्रयोगकर्ताहरु सहभागी भएको आयोजकले जनाएको छ। व्हिल चेयर […]
नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक

२४ चैत, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको उपस्थितिमा ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्याउने संकल्प गरिएको […]
जनकपुरधाममा व्हिल चेयर म्याराथन चैत २४ गते हुने

चैत २२ गते । जनकपुरधाममा व्हिल चेयर म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । न्यु भिजन नेपाल र स्पाइनल इन्जरी संघ मधेस प्रदेशको संयुक्त आयोजनामा चैत २४ शनिबार व्हिल चेयर म्याराथन हुन लागेको जानकारी आयोजकले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिएका छन । व्हिल चेयर म्याराथन जनकपुरधाम स्थित माछा पालन फार्मको कम्पाउन्डमा शनिबार १ बजे आयोजना हुनेछ […]
माओवादी उपाध्यक्ष महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौँ —सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो ।नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने ती अधिकारीले […]
देश विकासलाई प्राथमिकतामा राखेर नै गठबन्धन भएको : उपप्रधानमन्त्री महासेठ

नेकपा एमालेका सचिव समेत रहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान पाँच दलीय गठबन्धनले संसद्को बाँकी अवधिसम्म निर्वाध रुपमा चल्ने बताएका छन् ।देश विकासलाई प्राथमिकतामा राखेर नै गठबन्धन भएको उनले बताए । दोस्रो पटक उपप्रधानमन्त्री बनेका महासेठ पहिलो पटक बिहीवार गृहनगर जनकपुरधाममा आइपुग्दा उनलाई विमानस्थलमा कार्यकर्ताहरुले स्वागत गरेका थिए । उपप्रधानमन्त्री […]
