सीता दाहालको पशुपतिमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२७ असार, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय […]
श्रीगेरूका मेलाको लागि मन्दिरको बिभिन भागमा रंग – पेन्ट हुदै

लोहारपट्टी नगरपालिका प्रमुख शौलेनद्र कुमार यादबको बिशेश पहलमा श्रीगेरूका मेलाको लागि मन्दिरको बिभिन भागमा रंग – पेन्ट हुदैछ। वाडा सदस्य उतिम यादब र समाजसेवी राकेस यादबको बिशेश निगरानीमा काम हुदैछ ।
रास्वपा सत्ता फेरबदलको रेसमा छैन : रवि

१९ असार, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् । लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरेका छन् । ‘सत्ता फेरबदल हुने चर्चा चलेको कुरा मैले पनि सुनेको छु तर अहिले हामी […]
गुरू पूर्णिमाको अवसरमा जीवनको आरोह-अवरोहमा सत्मार्ग देखाउनु हुने समस्त गुरुजनमा कोटिकोटि प्रणाम

धन्यवाद ।
कोशी : नयाँ सरकार गठनका लागि ५ दिनको समय

काठमाडौं, १७ असार । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा दिइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन्। संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि प्रदेश प्रमखु खापुङले आह्वान गरेका छन्।
५०० दरका नक्कली नोटसहित एकजना पक्राउ

१७ असार, काठमाडौं । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा […]
मोदीलाई नेहरुपछि तेस्रोपल्ट प्रधानमन्त्री बन्ने दोस्रो नेता बनाउन भाजपाका पाँच भाजपाका पाँच रणनीति

२०२४ को चुनावलाई भव्य बनाउन भाजपाले मन्त्रिपरिषद हेरफेरसँगै केही रणनीतिक काम थालेको छ, जसले मोदीलाई नेहरुपछि तेस्रोपल्ट प्रधानमन्त्री बन्ने दोस्रो नेताका रुपमा ल्याउने उसको अपेक्षा छ । तीन साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शासनको नवौं वर्षगाँठ मनाउन व्यस्त थिए भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ता । अहिले उच्च नेतृत्व तथा शुभेच्छुक संगठनका नेता चुनावी बहसमा केन्द्रित […]
मधेश विरोधी असमान बजेटलाई समर्थन नगर्ने जनमत पार्टीको संसदीय दलको बैठकले गरे निर्णय

गरीबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय बिहीबार बसेका जनमत पार्टीको संसदीय दलको बैठकले गरेको छ। देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य छैन। जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन दिन सक्दैन। यो संसद्को गरिमाको लागि पनि अपरिहार्य छ। डेढ महिना […]
बकर ईदकाे अवसरमा बिहीवार सार्वजनिक बिदा

सरकारले बकर ईदकाे अवसरमा पर्सि बिहीवार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएकाे जानकारी गराउनुभएको हो ।
भारी वर्षाले दाङको घोराही जलमग्न

९ असार, दाङ । शनिबार दिउँसो परेको भारी वर्षाले दाङको घोराही बजार जलमग्न भएको छ । भारी वर्षा भएपछि जम्मा भएको पानीले सहज निकास नपाउँदा सडक जलमग्न भएको हो । दुई घण्टा भन्दा बढी लगातार वर्षा हुँदा बजार क्षेत्रका नालीहरुबाट पानी निकास हुन सकेनन् । घोराही बजारका कतिपय पसल र घरहरुमा पानी पसेको छ । […]
