
९ असार, दाङ । शनिबार दिउँसो परेको भारी वर्षाले दाङको घोराही बजार जलमग्न भएको छ । भारी वर्षा भएपछि जम्मा भएको पानीले सहज निकास नपाउँदा सडक जलमग्न भएको हो ।
दुई घण्टा भन्दा बढी लगातार वर्षा हुँदा बजार क्षेत्रका नालीहरुबाट पानी निकास हुन सकेनन् । घोराही बजारका कतिपय पसल र घरहरुमा पानी पसेको छ । त्यस्तै गुलरिया र नवलपुरमा पनि डुवान भएको छ ।
घोराहीमा ढल तथा नालाहरुको सही व्यवस्थापन नहुँदा वर्षेनि वर्षायाममा डुवानको समस्या देखिने गरेको छ ।
