२७ असार, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय अन्त्येष्टि गरिएको छ ।

उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।
दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँमा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *