जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ६ घाइते

जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।जनकपुर जलेश्वर सडक खण्ड अन्तर्गत जकपुरधाम उपमहानगरपालिका २३ विन्धिमा आज बिहान प्र२-०२-००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले […]
प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी गराए ।दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा […]
जनकपुरबाट अपहरणमा परेका एक वर्षीय बालकको महोतरी बाट उद्धार,महिला पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधामबाट अपहरणमा परेका एक वर्षीय बालकको प्रहरीले उद्धार गरेको छ ।जनपुरधाम उपमहानगरपालिका-२३ स्थित दिपक झाको घरमा डेरा गरी बस्ने २८ वर्षीय रुपेशकुमार झाको छोरा एक वर्षीय रुद्धाआंश झालाई प्रहरीले अपहरण मुक्त गरेको हो ।गत फागुन १२ गते साँझ घरको प्यासेज खेलिरहेका बालक रुद्धाआंश बेपत्ता भएका थिए । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका-३ स्थित […]
जनकपुरधाममा फागुन १९ देखि इन्टर कलेज क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम/फागुन १४ गते। जनकपुरधाममा दोस्रो इन्टर कलेज टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा न्यू भिजन नेपालका अध्यक्ष अम्भु प्रसाद साहले धनुषा जिल्लामा खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको र फागुन १९ गते शनिबार देखि दोस्रो इन्टर कलेज क्रिके प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी […]
राजेन्द्र महतोले लोसपा त्यागेर घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायत नेताहरूले गठन गरेको लोसपाबाट उनले अलग भएको घोषणा गरेका हुन् ।लोसपाका अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील बनाउन नसकेको […]
लक्ष्मीनियाँ गाउँपालिका स्थित सोहनी गाउँमा पनि भव्य सरस्वती पुजाको आयोजना जनमतले दिए सुभकामना

राजेश झाजनकपुरधाम – हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त […]
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ […]
यूएईमा वर्षाको कारण जनजिवन प्रभावित ।स्थलगत रिपोर्ट ।
मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्रप्रसाद सिंह जसपा प्रवेश

मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध शनिबार बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच जसपा प्रवेश गरेका हुन्।उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रुपमा पार्टीमा प्रवेश गराएका हुन्।योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका […]
क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले क्यानाडाका लागि पौडेल र पोर्चुगलका लागि नेपाललाई आवासीय राजदूतमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।सरकारले तत्कालीन परराष्ट्र सचिव पौड्याललाई कात्तिक ३ गते क्यानडाका लागि राजदूत […]
