
मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध शनिबार बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच जसपा प्रवेश गरेका हुन्।
उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रुपमा पार्टीमा प्रवेश गराएका हुन्।
योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ ।
पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
