राजेश झा
जनकपुरधाम – हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ । 
आज जनकपुरधामको विभिन्न स्थानमा पनि पुजा आराधना जारी नै छ । सबै जिल्लामा रहेका सरस्वतीका मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, छात्रछात्राको घुइँचो छ । यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।
यसै बीच ,धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा १ स्थित सोहनी गाउँमा  जनमत पार्टीका  पदाधिकारी र कार्यकर्ताहरुले पनि भव्य सरस्वती पुजाको आयोजना गरेको छ।
जानकी खबर संगको सम्बादमा जनमत पार्टीका लक्ष्मीनियाँ गाउँपालिका संयोजक शिवकुमार यादवले सम्पुर्ण लक्ष्मीनियाँ गाउँपालिका लगायत देश तथा  बिदेशमा रहनुभएको सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीमा सुभकामना व्यक्त गर्नु भएको छ।
उहाँले विद्यार्थी लगायत सम्पुर्णको सफलता र प्रगतिको कामना पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *