नामको अर्थ ।रिसर्च भिडियो।
जिन्दगीको उडान।कथा
हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको […]
कोप–२६ सम्मेलनमा सहभागी हुनकालागी प्रधानमन्त्री देउवा शुक्रबार लण्डन जाँदै

जानकी खबर ।१२ कात्तिक, काठमाडौं ।जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा सहभागी हुनकालागी प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायतको राजधानी लण्डन जाँदै छन् ।सम्मेलन बेलायतको शहर ग्लासगोमा हुन लागेको हो। २० सदस्यीय टोलिको नेतृत्व गर्दै प्रधानमन्त्री आज बेलायत जान लागेका हुन् । प्रधानमन्त्री देउवा आज बिहान १०ः४० बजे कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्ने उनको सचिवालयले जनाएको […]
अमेरिकाको स्पेस पर्सपेक्टिभ नामक कम्पनीका कारण स्पेस वेडिंग अब यथार्थमा परिणत हुँदै

जानकी खबर । ८साउन, जनकपुरधाम ।अमेरिकाको स्पेस पर्सपेक्टिभ नामक कम्पनीका कारण अन्तरीक्षमा बिहे गर्ने अर्थात् स्पेस वेडिंग अब यथार्थमा परिणत हुँदैछ । भविष्यमा स्पेस बेलुनमा बसेर जमिनभन्दा १ लाख फिट उचाइमा अन्तरीक्ष क्षेत्रमा बसेर जोडीहरुले बिहे गर्न पाउनेछन् । अमेरिकाको फ्लोरिडामा रहेको स्पेस पर्सपेक्टिभ नामक कम्पनीले सो विशेष खालको अन्तरीक्ष बेलुन तयार गरेको हो । […]
गुगलले आजदेखि ‘गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजको सुविधा हटाए ।

जनकी खबर । असार ९ गते ।पूर्वघाेषणाअनुसार नयाँ योजना लागू गर्दै गुगलले गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजलाई १५ जीबीमा सीमित गरेको छ। गुगलले आजदेखि ‘गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजको सुविधा हटाएको हो । अब गुगल फोटोज, जीमेल र गुगल ड्राइभमा १५ जीबीभन्दा माथिको स्टोरेज गर्नुपरे पैसा लाग्नेछ । फाइल ब्याकअपले १५ जीबी नाघेपछि महिनाको १.९९ डलर तिर्नुपर्छ । गुगलका अनुसार […]
ट्रम्पका गतिविधिहरुले फेसबुकको नियमको गम्भीर उल्लंघन : अकाउन्ट २ वर्षको लागि निलम्बन

जानकी खबर ।जेठ २३,जनकपुरधाम । ट्रम्पका गतिविधिहरुले फेसबुकको नियमको गम्भीर उल्लंघन गरेको फेसबुकले जनाएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट २ वर्षको लागि निलम्बन भएको छ । गत जनवरी महिनादेखि फेसबुक र इन्स्टाग्रामले ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएकोमा उक्त बन्देजलाई २ वर्षमा सीमित गर्ने निर्णय फेसबुकले गरेको छ। फेसबुकको निगरानी बोर्डले […]
गर्भावस्थाको क्रममा र त्यसपछि हुने कुपोषण बच्चाको लागि घातक

जनकी खबर ।जेठ २२- जनकपुरधाम यदि गर्भावस्थाको क्रममा आमालाई पोषणको कमी भएको छ भने बच्चाले आफ्नो जीवनमा निम्न रोगहरुको सामना गर्नुपर्छ । बच्चालाई अस्टियोपोरोसिस, क्रोनिक किड्नी फेल्यर, मुटुरोग, टाइप २ मधुमेह, फोक्सोको रोग आदि लाग्ने समस्या हुन्छ । बच्चाको जन्मभन्दा पहिले र पछि भिटामिनको सेवन गर्नु धेरै आवश्यक छ । गर्भावस्थाको क्रममा र त्यसपछि हुने […]
चिनियाँ अन्तरिक्ष स्टेसन।

जनकी खबर । जेठ २०,जनकपुधाम । चीनले आफ्ना ३ जना अन्तरिक्ष यात्रीहरुलाई निर्माणाधीन चिनियाँ अन्तरिक्ष स्टेसनमा पठाउने घोषणा गरिसकेको छ । चीनले यहीँ जुन महिना भित्र ३ महिने बसाइँका लागिआफ्ना ३ जना अन्तरिक्ष यात्रीहरुलाई निर्माणाधीन चिनियाँ अन्तरिक्ष स्टेसनमा पठाउने घोषणा गरेको हो । आफ्नो एक मालबाहक अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरी स्पेस स्टेसनमा जोडिएको एक दिनपछि […]
प्रविधि कम्पनी गुगलले पनि आफ्नो रिटेल स्टोर खोल्ने निर्णय गरेको छ ।

जनकी खबर ।जेठ १६ गुगलले पनि आफ्नो रिटेल स्टोर खोल्ने निर्णय गरेको छ । चेल्सी इलाकामा रहेका गुगलका कार्यालयमै रिटेल स्टोर स्थापना हुनेछ । यहीँ गृष्मयाममा न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसलको रुपमा गुगल स्टोर खोल्ने घोषणा गुगलले बिहीबार गरेको छ । गुगलले सञ्चालन गर्ने रिटेल स्टोरबाट पिक्सेल फोन, गुगल नेक्स्टका प्रडक्टहरुका साथै पिक्सेल बुक […]
