जनकपुरकी आरती साह मृृत्यु प्रकरण र प्रहरी दुर्व्यभार

नेकपा एमालेको विशेष पत्रकार सम्मेलनl Live

समुन्द्री किनारा ।जानकी खबर व्लोग।

बल्खु तरकारी बजार डुबानमा

काठमाडौं । भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने । उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।
अवैध सुन प्रकरण: एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित

साउन ६, काठमाडौँ । करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए ।क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौँ आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई […]
सीता दाहालको पशुपतिमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२७ असार, काठमाडौं । प्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् ।दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय […]
सीमा सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्छ : रघुवीर महासेठ

असार ८, काठमाडौं। नेकपा एमालेका सांसद रघुवीर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । उनले भने, ‘सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन। पहिला, पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा […]
चार दलद्वारा समाजवादी मोर्चा घोषणा

नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन्। समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्। सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।
विदेशीले सहायता दिन्नौं भनेपछि गाँजा खेती रोक्यौं : अर्थमन्त्री महत

२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’ अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको […]
प्रधानमन्त्रीको भारत भ्रमणबारे ओलीको व्यंग्य- ल्याएको त्यही १५ वटा राँगा !

२२ जेठ, काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा भएको व्यंग्य गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन्। ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ […]