२९ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।

सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’ अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको भन्दै उनले भने, ‘यो बिग बिजनेस भएको छ, उनीहरुले यसको फाइदा उठाइराख्ने, हामी पुरानै मानसिकतामा नबस्ने हो कि ।’

गाँजालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अध्ययन गरौं भनेको भन्दै भोलिदेखि नै लागु गरौं नभनेको उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *