विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत […]

बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

काठमाडौँ- भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् लगातार पानी परेपछि तराईमा बाढीले बस्ती डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । पर्साको वीरगन्ज, […]

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने  नेपाल टेलिभिजन१६ जेष्ठ, १६:३८ 18Shares काठमाडौँ– राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार […]

भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बस्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई […]

धोती दिवस मनाउने क्रममा सिके राउतसहितका नेताहरु पक्राउ

काठमाडौं, १६ पुस । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेताहरु पक्राउ परेका छन् ।ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतकालाई पक्राउ गरेको छ ।माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको छ ।

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन

काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ कृषि तथा वन विज्ञानका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् ।  हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा […]

बिरामी नजाँचेर डाक्टरहरुको प्रदर्शन- हिंसा समस्या हो, समाधान होइन’

काठमाडौं ।  नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकहरुले आज (आइतबार )देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट […]

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता हाङझाउमै

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आफ्नो राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन् ।  प्रधानमन्त्री दाहाल शनिबार राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री दाहाल १९‍औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै […]

राजकीय सम्मानका साथ नेम्वाङकाे अन्त्येष्टि

संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ । नेम्वाङकाे आज बिहीवार दिउँसाे पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । नेम्वाङकाे पार्थिव शरीरमा उहाँका जेठाे छाेरा मेङ्साे र कान्छाे छाेरा सुहाङले दागबत्ती दिनुभएकाे थियाे । दागबत्ती दिनुअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । नेम्वाङकाे पार्थिव शरीरमा प्रधानमन्त्री […]

ट्राफिकले श्रीमती चढेको गाडी रोकेपछि मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहकी श्रीमती चढेको सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले अनावश्यक जाँच र केरकार गरेको भन्दै महानगर प्रमुखको सचिवालयले आपत्ति जनाएको छ । महानगरप्रमुखको सचिवालयले विज्ञप्ति जारी गर्दै सुत्केरी अवस्थामा रहेकी मेयर शाहकी श्रीमती सविना काफ्ले सवार गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेको र त्यसक्रममा ‘अनावश्यक केरकार’ गरिएको उल्लेख गरेको छ । ‘आफ्नो […]