काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ कृषि तथा वन विज्ञानका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् ।  
हमासले शनिबार गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार  र स्वदेश फर्काउन पहल गरिरहेको छ । 
विद्यार्थीहरुले इजरायल युद्धमा फसेका नेपालीहरुको उद्धारका लागि सरकारलाई दबाब एवं खबरदारी कार्यक्रम गरेका छन्।

यसैगरी ,जनकपुरधाममा पनि बिश्व हिन्दु परिषद् परिवारले पनि शोक व्यक्तगरेका छन्।

यसैबीच ,इजरायलमा मारिएका दश नेपालीमा परेका धनुषा सपही ४ का२२ वर्षिय आनन्द साहको परिवार पनि शोकमा डुबेका  छन् । 
चार सन्तान मध्ये सबै भन्दा जेठो एक मात्र छोरा आनन्द इजरायल गएको २७ दिनमै ज्यान  गुमाएको खबरले आनन्दकी आमा शिवकली देवी र हजुर आमा बसमतिया देवी साह पनि अचेत अवस्थामा छिन् । 
सपहिमा आनन्दको घरमा रहेका तिन  कान्छी बहिनी, बुवा आमा र हजुरआमा लगायत पूरा गाउँनै मृत्युको खबरले  शोकमा डुवेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *