काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए ।

सभापति लामिछानेले राष्ट्रिय महत्वका ५ विषयमासर्वदलीय बैठक गर्न प्रस्ताव गर्दै ती बैठक नेताहरुको निवास बुढानीलकण्ठ, खुमलटार, बालकोट र बालुवाटारजस्ता ठाउँमा नभई दलित र मुसहर बस्तीमा गर्नुपर्ने बताए ।

उनले सर्वदलीय बैठक गर्ने प्रस्ताव गरेका विषयहरु:
आर्थिक शिथिलता, आम नैराष्य र युवा पलायनका लागि युवा केन्द्रित प्रोजेक्ट होपको विषय ।
सुशासन र भ्रष्टाचार नियन्त्रण ।
रुग्ण भौतिक पूर्वाधार आयोजनाको व्यवस्थापन ,शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको संकट समाधान ।
परराष्ट्र मामिला लगायतका विषयमा सबै राजनीतिक दलको साझा धारणा बनाएर संसदबाट पास गर्न उनले प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *