कुशलले सबैभन्दा छिटो ३४ बलमा शतक र दीपेन्द्रले सबैभन्दा छिटो ९ बलमा अर्धशतकको कीर्तिमान बनाए

१० असोज, काठमाडौं । एसियन गेम्स अर्थात एसियाडमा ८ वर्षपछि क्रिकेट फर्कँदा नेपालले मंगोलियमाथि कीर्तिमानै कीर्तिमानले भरिएको २७३ रनको जित हात पार्‍यो । कुशल मल्लले सबैभन्दा छिटो ३४ बलमा शतक, दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो ९ बलमा अर्धशतकको कीर्तिमान बनाएको खेलमा नेपालले टी-२० आईमा ३१४ रनको कीर्तिमानी स्कोर बनायो । ३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलियालाई ४१ रनमा […]

एसिया कप : गुल्सन झा पनि आउट, नेपालको छैटौं विकेट पतन

काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३  रन जोडेका गुल्सन झालाई गुमाएको हो । यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । […]

यूएईमा नेस्टो ग्रुप ओफ कम्पनीज द्वारा आयोजित फूटबल प्रतियोगितामा नेस्टो किङ्ग फेसल ( के.एफ.एल) ब्रान्चका युवा खेलाडिहरुले गरे उत्कृष्ट प्रदर्शन

यूएईमा नेस्टो ग्रुप ओफ कम्पनीज द्वारा आयोजित फूटबल प्रतियोगितामा नेस्टो किङ्ग फेसल ( के.एफ.एल) ब्रान्चका युवा खेलाडिहरुले गरे उत्कृष्ट प्रदर्शनको दृश्य

काभा वुमन्स् भलिबल : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०,  २५–८ र २५–९ ले हराएको हो । नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । […]

धनुषाले जित्यो मेयरकप २०७९ को उपाधि

जनकपुरधाम मेयरकप टि २० क्रिकेट प्रतियोगिता २०७९ को उपाधी धनुषाको जनकपुरधाम टिमले जितेको छ । बारालाई पाँच विकेटले पराजित गर्दै धनुषा टिमले उपाधि जित्न सफल भएको हो । टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको बारा टिम निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय १४ रनको योगफल तयार गरेको थियो । धनुषा टिमले […]

मुख्यमन्त्री यादवद्वारा स्टेडियम निर्माण स्थल निरीक्षण

मुख्यमन्त्री सरोज कुमार यादवले खेलकूद पूर्वाधारमा मधेश प्रदेशलाई देशकै नमूना बनाउने घोषणा गर्नुभएको छ । आज बिहान जनकपुरधाम–१४ स्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम(रंगशाला) निर्माणस्थलको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गर्नुभएको एक अर्व रुपैयाँ स्टेडियम निर्माणमा खर्च गरिने जानकारी दिनुभयो । ‘म भन्दा पहिलेको मधेश सरकारले धर्मशाला बनाउने प्रयास गरेको थियो, त्यो पनि […]

यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा नेपाल

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो । बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश […]

अर्जेन्टिनाले जिते विश्वकप फुटबलको उपाधि

४ पुस, काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । ३६ वर्षपछि कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक  खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी […]

नेपालकी रेस्लर अस्मिता जुरेलीले विजयी

काठमाडौँ — नेपालकी रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा शनिबार आयोजित स्पर्धा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेकी हुन् । पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर र भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए । पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया बीचको खेल […]

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा अमेरिकामाथि ५ विकेट जिते

जानकी खबर।२९ भदौ, काठमाडौं ।नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि जित हात पारेको छ । सोमबार ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा  नेपालले  अमेरिकालाई ५ विकेटले पराजित गरेको हो । अमेरिकाले नेपाललाई दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै […]