जानकी खबर।
२९ भदौ, काठमाडौं ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि जित हात पारेको छ ।
सोमबार ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।
अमेरिकाले नेपाललाई दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । यस्तै रोहितले अविजित ६२ रन जोडे त्यस्तै विनोद भण्डारीको ३७ रन योगदान दिएका थिए ।
ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।





