
काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।
यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।
यसक्रममा कुशल भुर्तेलले ३८, भीम सार्कीले ७, रोहित पौडेलले ५ र कुशल मल्लले २ रन बनाएर आउट भए ।
नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।
नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।
यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।
वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।
