काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०,  २५–८ र २५–९ ले हराएको हो ।

नेपाल, भारत, बंगलादेश र कीर्गिस्तान रहेको समूहमा दुई खेल जितेर नेपाल सेमिफाइनल प्रवेश गरेको हो । यसअघि सोमबार नेपालले कीर्गिस्तानलाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपालसँगै भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सोमबार बंगलादेशलाई र मंगलबार कीर्गिस्तानलाई हराएको थियो । अब नेपाल र भारतबीचको खेलले समूह विजेता चयन हुनेछ ।

प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *