भारतमा विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति

जानकी खबर ।६ भदौ ।भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको जनाएको छ । विभिन्न समाचार एजेसिले खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाईभारतीय खोप नियामकले अनुमति दिएको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा बमोजिम संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो ।भारतीय कम्पनी […]
कसैप्रति भेदभाव नगरि तालिबानले महिलाहरु संग काँधमा काँध मिलाएर काम गर्ने-तालिबान प्रवक्ता
जानकी खबर ।२ भदौ, काठमाडौं ।अफगानिस्तान कब्जा गरेपछि तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । तालिबानका प्रवक्तले पहिलोपटक पत्रकार सम्मेलन गर्दै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको […]
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे
जानकी खबर ।३१ साउन ।अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।
७५ औँ स्वतन्त्रता दिवसको अवसरम भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन

ब्रिटिश उपनिवेशबाट देशले मुक्ति पाएको ७५ औँ
स्वतन्त्रता दिवसको अवसरम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित लाल किल्लाबाट ९० मिनेट सम्बोधन गरेका छन् ।
तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरे
जानकी खबर ।२९ साउन ।विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल भएको छ । यहीबीच […]
अफगानिस्तानका रक्षामन्त्रीको घरमा सशस्त्र विद्रोहीहरूले गरे आक्रमण – कम्तीमा चार जनाको मुत्यु
जानकी खबर ।२० साउन, जनकपुरधाम ।एजेन्सी- अफगानिस्तानका रक्षामन्त्रीको घरमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको मुत्यु भएको छ। रक्षामन्त्री जनरल बिस्मिल्लाह मोहम्मदीको घरको नजिक स्थानीय समयअनुसार मंगलबार राति ८ बजे कार बमको प्रयोग गरेर आक्रमण गरिएको छ । आक्रमणका बेला मन्त्री बिस्मिल्लाह भने, घरबाहिर गएका थिए । मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र […]
भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु
जानकी खबर । १३ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो ।
दक्षिणपूर्वी एसियामा कोरोनाको संक्रमण निकै तीव्र गतिमा फैलिएर मृत्युदर उच्च

जानकी खबर ।८ साउन, जनकपुरधाम ।दक्षिणपूर्वी एसियामा कोरोनाको संक्रमण निकै तीव्र गतिमा फैलिएर मृत्युदर धेरै उच्च भइसकेको छ ।गत मे महिनामा भारतका घाटहरुमा लाशहरु जलाएको तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरले भारतमा कोरोनाले भयानक रुप लिएको स्पष्ट देखिन्थ्यो । तर, भारतले भोगेको उक्त अवस्था दक्षिणपूर्वी एसियामा सरेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोनाको […]
विश्वासको मत प्राप्त गरेपछि मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई दिए बधाई

जानकी खबर । ४ साउन ,जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मत प्राप्त गरेपछि मोदीले आइतवार राति ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् । उहाँले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।मोदीले दुई देशविचको साझेदारीलाई अगाडी बढाइने बताएका छन् । दुई देशविचको जनता- […]
कोरोना भाइरसको सङ्क्रमण कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी

जानकी खबर । असार २५ गते । कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा […]
