जानकी खबर । ४ साउन ,जनकपुरधाम ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

विश्वासको मत प्राप्त गरेपछि मोदीले आइतवार राति ट्वीट गर्दै प्रधानमन्त्री देउवालाई बधाई दिएका हुन् ।

उहाँले देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।मोदीले दुई देशविचको साझेदारीलाई अगाडी बढाइने बताएका छन् । दुई देशविचको जनता- जनता विचको सम्बन्ध सुदृढ पारिने पनि उनले भनेका छन्।

उनले नेपाल भारतबीचको सम्बन्धलाई अझ सशक्त बनाउन काम गर्न प्रतिक्षारत रहेको समेत बताएका छन् ।मोदीले ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको कामना। सबै क्षेत्रमा रहेको अद्वीतीय साझेदारीलाई अझ मजबुत बनाउनका लागि तपाईसँग काम गर्न प्रतिक्षारत छु र जनता जनताबीचको गहिरो सम्बन्धलाई सशक्त बनाउनु छ’  भनेका छन्। 

आइतबार प्रतिनिधिसभा भएको मतदानमा प्रधानमन्त्री देउवाको पक्षमा १ सय ६५ मत परेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले मतदानमा सहभागी २४९ जनामध्ये विश्वासको मतको प्रस्तावको पक्षमा १६५ मत, विपक्षमा ८३ मत र तटस्थ १ परेको घोषणा गरेका थिए ।

अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *