दुर्घटनाका बारेमा बुझ्न प्रधानमन्त्री ओली विमानस्थलमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ । यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो । काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनमा परेको थियो । […]
साउनको पहिलो साेमवार शिवालयहरु भरिभराउ दर्शनार्थीहरुकाे घुइँचो

जनकपुरधाम/श्रावण ७ गते। आज साउन महिनाको पहिलो साेमवार , साउने साेवार व्रत बसी शिवजीकाे पूजा आराधना गर्ने धार्मिक परम्परा छ । काठमाडौं काे पशुपतिनाथ , जनकपुरधामकाे शिव मन्दिर , कपिलेश्वर महादेव मन्दिर , जलेश्वरकाे शिव मन्दिर , टुटेश्वर महादेव मन्दिर , जनकनन्दिनी काे शिव मन्दिर लगायत मन्दिरहरुमा शर्धापूर्वक पूजापाठ गर्न काे लागी आज बिहानैदेखि दर्शनार्थीकाे घुइँचो […]
प्रधानमन्त्री ओलीले लिए शपथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराए ।कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, […]
विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत […]
कांग्रेस र एमालेको समर्थन पछि मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् ।उनको प्रस्तावको विपक्षमा ३४ मत परेको छ । प्रदेशसभामा शनिबार १०१ जना उपस्थित भएर मतदान गरेका थिए ।२८ जेठमा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित […]
एमालेले फिर्ता लियो प्रचण्ड सरकारलाई दिएको समर्थन

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख […]
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो ।१७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ […]
मधेशको योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा डा. सोहन साह नियुक्त भएका छन् ।बिहीबार मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् ।साहले आजै पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए । […]
मधेशी नेतामाथि मुद्दा किन लगाइएको .. महन्थ ठाकुरको प्रश्न

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनमा भाग लिएका नेताहरूमाथि मुद्दा लगाइएको प्रति सरकारलाई प्रश्न गरेका छन् ।प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेश आन्दोलनमा भाग लिएका नेताहरू पूर्व प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजिवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि […]
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए पद तथा गोपनियताको सपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।शुक्रबार जनकपुरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । त्यस्तै मुख्यमन्त्री सिंहसँगै मन्त्रीहरुले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा युवराज भट्टराई, भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, […]
